करदाता शिक्षाका लागि घरदैलो अभियान

आजभोलि

काठमाडौं। आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ ।

महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ । सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका छन् । अभियानको शुभारम्भ गत मङ्सिर २९ गते नगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले करदाता शिक्षा अभियानको शुभारम्भ गरेका छन् ।

विराटनगरको उत्तरी सिमाना खारजी कोहवराबाट करदाता शिक्षा अभियानको सुरूआत गरिएको थियो ।महानगरपालिकाको वडा नं २ मा जनप्रतिनिधि र कर्मचारीले घर, पसल तथा कारोबार स्थलमा नै पुगेर वडावासीलाई कर तिर्नुपर्ने दायित्वबारे शिक्षा प्रदान गर्नुभयो । महानगरपालिकाले करदाता शिक्षा र कर तिरेको वा नतिरेका बारे नियमन गर्ने उद्देश्यका साथ वडा नं २ मा मङ्गलबारदेखि अभियान थालेको हो ।

घरदैलो गर्दै घर र पर्खालको नक्सा पास गरेको या नगरेको, सम्पत्ति कर, बहाल कर तिरेको वा नतिरेको, व्यवसाय दर्ता र नवीकरणलगायतका प्रक्रिया गरे/नगरेको भन्ने यकीन गर्दै वडावासीसँग मित्रवत संवाद गरिएको थियो । करका विभिन्न शीर्षकमा जरिवाना छुट गरिएको र म्यादभित्र नै सम्पूर्ण कर चुक्ता गर्न वडावासीसँग जनप्रतिनिधि र कर्मचारीले आग्रहसमेत गरेका थिए।

अभियानको नेतृत्व गरेका महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरपालिका आर्थिकरूपमा पछाडि परेको बताए । उनले आन्तरिक आय वृद्धि गरी विकास निर्माण र प्रशासनिक सेवा प्रभावकारीरूपमा सञ्चालन गर्न बजेट चाहिने हुँदा आन्तरिक आय वृद्धिका लागि करदाता शिक्षा अभियान सञ्चालन गरिएको बताए । महाशाखा प्रमुख गौतमले चालु आर्थिक वर्षको अन्तसम्म अभियान जारी रहने बताए ।

महानगरपालिकाका लेखा अधिकृत सञ्जीवकुमार भट्टराईले वडावासीले घरजग्गाको नक्सा पास नगराएको र पास गराए कुनै जरिवाना नलाग्ने भन्दै करसम्बन्धी सचेतना फैलाउँदै घरदैलोमा हिँडेको बताए। वडा नं २ का वडा सदस्य दीपक प्रधानले कर तिर्नु सबैको दायित्व रहेको बताए । महानगरपालिकाले २०७९ साललाई आन्तरिक आय अभिवृद्धि वर्षका रूपमा लिएको छ ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !