सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर

आजभोलि

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन् ।

कपिलवस्तु कांग्रेसले चन्द्रौटामा सहिदको सम्झनामा आयोजना गरेको एक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले थरिथरिका अनुहारको थरिथरि भूमिका भएकाले जनतामा चरम निरासा बढेको बताएका छन् ।

‘संसद भवन रहेको क्षेत्र सुरक्षाका दृष्टिकोणले उच्च सुरक्षित स्थान हो। एक नागरिकले त्यही सुरक्षा घेराबीच संसद भवनको मूल गेटमै आत्मदाह गर्नू निकै निराशाको कुरा हो। यो क्रम बढ्दो छ। सरकारले आफ्ना नागरिकप्रति गम्भीर भएर सोच्नुपर्नेमा सरकारमा बस्ने व्यक्तिहरू नै विभिन्न मुद्दा र काण्डमा मुछिएका कारण जनताले भरोसा गर्ने ठाउँ देखिँदैन,’ उनले भने ।

नयाँ शक्ति र युवाको नारा दिएर सत्तामा पुगेकाहरू नै पछिल्ला दिनमा एकपछि अर्को काण्डमा मुछिँदै विवादित बन्नुले उनीहरूभित्र लुकेको स्वार्थ छरपस्ट भइरहेको महरले आरोप लगाए ।

यस्तो अवस्थामा कांग्रेस जनताको विश्वासिलो पार्टी बनेर उभिनुपर्ने उनको धारणा छ। ‘कांग्रेस एकमात्र त्यस्तो पार्टी हो जो सधैँ जनताको सुखदु:खमा साथमै उभियो। फेरि हामी जनताको ढाडस बनेर उभिनुपर्ने बेला आएको छ। जनताको चरम निराशालाई कांग्रेसले सम्बोधन गर्न सक्नुपर्छ। र, कांग्रेस सो दिशामा अग्रसर पनि हुन्छ। तपाईंहरू कांग्रेसमाथि भरोसा गर्नुहोला,’ नेता महरले भने ।

उनले मुलुकको समृद्धिका लागि सहिदहरूले प्राणको आहुति दिएको स्मरण गर्दै सरकार सहिदको त्याग, बलिदानी र सपनाप्रति जिम्मेवार हुनुपर्ने धारणा राखे। नेताहरूको मुलुकको विकास र जनताप्रतिको समर्पण भएमात्र सहिदहरूप्रतिको सच्चा सम्मान हुने बताए ।

हिजो सत्ता बाहिर हुँदा ठूलो-ठूलो स्वरमा कराउनेहरू अहिले लम्पसार बनेको देख्दा दोहोरो भूमिकाले उनीहरूको चरित्र छरपस्ट हुँदै गएको महरको टिप्पणी छ ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !