विधायन व्यवस्थापन समितिको बैठक : ‘कार्य परामर्श उपसमिति गठन’

आजभोलि

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको बैठकले समितिका सभापति डा बेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसदहरू अनिता देवकोटा, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र गङ्गाकुमारी बेल्वासे सदस्य रहेकी छिन् । त्यसैगरी बैठकले देवेन्द्र दाहाल संयोजक रहेको पाँच सदस्यीय ‘समितिका निर्देशन, सुझाव कार्यान्वयनको अवस्था अध्ययन अनुगमन उपसमिति’ बाट सांसद अनिता देवकोटालाई हटाएर सदस्यमा सांसद जितेन्द्र देव र तारामान स्वाँरलाई राख्ने निर्णय गरेको छ । ‘संविधानअनुसार बन्न बाँकी कानून पहिचान’ उपसमितिमा संयोजकको जिम्मेवारी अनिता देवकोटालाई दिइएको छ ।

सो उपसमितिका संयोजक विमला राई पौडेल नेपाल सरकारको परराष्ट्रमन्त्री भएपछि राष्ट्रियसभा विनियमावलीको नियम १५१ को उपनियम ४ खण्ड (ख)अनुसार मन्त्री भएपछि समितिको सदस्य नरहने व्यवस्थाअनुसार सांसद देवकोटालाई उपसमितिको संंयोजकको जिम्मेवारी दिइएको हो । सो उपसमितिको सदस्यमा उदयबहादुर बोहरा, भैरवसुन्दर श्रेष्ठ, सुरेशकुमार आलेमगर, भगवती न्यौपाने र राधेश्याम पासवान छन् ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !