धितोपत्र बोर्डद्वारा बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन नगर्न निर्देशन

आजभोलि

काठमाडौं । अनुमतिपत्र बिना वस्तु विनिमय बजार व्यवसाय नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । अनुमति बिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै  जनाएको छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको व्यहोरा सम्बन्धीत सबैमा बोर्डले सुचीत गराएको छ ।
पछिल्दो समयमा केही संस्था–कम्पनीले वस्तु विनिमय बजार सम्बन्धी कारोबार गरिरहेकोहरुप्रति बोर्डले ती कम्पनीहरुलाई सचेत र बोर्डको गम्भीर ध्यानाकर्षण पनि भएको छ

वस्तु विनिमय बजार र सम्बन्धी व्यवसायहरुले बिना अनुमति कुनै किसिमको कारोबार गरेमा कानुनी कारबाही हुने बोर्डले सबैलाई सूचित गराएको छ ।

बोर्डले आम लागानीकर्ताहरुलाई बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत् वस्तु विनिमय बजार सम्बन्धित कारोबार नगर्न आग्रह गरेको छ ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !