सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख बढी राजश्व संकल

आजभोलि

लमजुङ । लमजुङको सुन्दरवजार नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ५० लाखभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुस मसान्तसम्म नगरपालिकाको आन्तरिक आयतर्फ विभिन्न शिर्षकमा ५० लाख ३१ हजार ४ सय ३६ रुपैयाँ राजश्व संकलन भएको हो ।

जसमध्ये सम्पत्ति कर १७ लाख ६१ हजार ५ सय ७६ रुपैयाँ र नक्सापास दस्तुर बापत १० लाख ५७ हजार २ सय २५ रुपैयाँ संकलन भएको छ ।

ढुंगा गिट्टी, बालुवा शिर्षकमा मात्र चालु वर्ष २० लाखको राजश्व संकलनको लक्ष्य लिइएको नगरपालिकाले ६ महिनाको अवधिमा २ लाख १७ हजार आम्दानी गरेको छ ।

यसैगरी सिफारिस दस्तुर ८ लाख ७६ हजार ३ सय, घरवहाल कर ७ लाख ८६ हजार ४ सय ९३, व्यवसाय कर तथा रजिष्ट्रेसन दस्तुर ६४ हजार ९ सय, व्यक्तिगत घटना दर्ता दस्तुर ९७ हजार ८ सय ७० रुपैयाँ संकलन भएको छ । सो वाहेक परीक्षा शुल्क ४५ हजार ५ सय अन्य प्रशासनिक सेवा शुल्कतर्फ ६ हजार ३ सय, दण्ड/जरिवाना र जफत शिर्षकमा १० हजार राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

विभिन्न १२ शिर्षकलाई आम्दानीको मुख्य श्रोत मानेको नगरपालिकाले चालु वर्षमा १ करोड ५० लाख राजश्व संकलनको अनुमानित लक्ष्य लिएको छ ।

चालु वर्षको आधाआधी समयमा करिव ३४ प्रतिशत राजश्व संकलन भएकाले बाँकी समयमा नगरपालिकाले आफ्नो लक्ष्य भेट्ने संभावना भने न्युन देखिएको छ ।

राजश्व संकलनमा अनुमानित लक्ष्य प्राप्तीको लागि व्यवसाय कर, घरवहाल कर एवम् दहत्तर बहत्तरबाट उठ्ने राजश्व संकलनमा जोड दिइने नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा १ करोड १० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ करोड २३ लाख ६४ हजार २१ रुपैयाँ २३ पैसा राजश्व संकलन गरेको थियो ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !