काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान अनुसार पार्टी शिर्ष वरियतामा अध्यक्ष केपी शर्मा ओली हुने भएका छन् । दोस्रो तहमा प्रचण्ड रहने छन् भने पार्टीको शक्तिशाली निकाय सचिवालय हुनेछ ।
पार्टी एकिकरण हुँदा अध्यक्षद्वयले बैठकको अध्यक्षता पालैपालो गर्नै सहमति भएपनि अब संयुक्त रुपमा अध्यक्षता गर्नेछन् । अन्तरिम विधानले आलोपालो बैठकको अध्यक्षता गर्ने प्रावधान हटाइएपछि अब नेकपाको सबैभन्दा शीर्ष वरियतामा केपी ओली रहने भएका छन् ।
उक्त विधान अध्यक्षद्वयले अध्ययन गरी अन्तिम रुप दिएपछि प्रकाशनका लागि पठाइएको छ । यसपछि सबै तह तप्का तथा भातृसंगठनको एकिकरण हुनेछ ।
नेकपाको अन्तरिम विधान १७ अध्याय ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठको रहने पार्टीले जनाएको छ । नियमावली २९ धारासहित ५० पृष्ठको छ ।
नेकपाको विधान तथा नियमावली प्रकाशनमा गएपछि भदौ भित्र सातै प्रदेश र ७७ आटै जिल्ला कमिटि एकीकरण हुनेछन् ।