नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री शर्मा

आजभोलि

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी)ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अनगिन्ती टेलिभिजनको भीड बीच आफूलाई अब्बल बनाउनुपर्ने बताइन् ।

“अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै देश भित्र र बाहिरका अनगिन्ती टेलिभिजन च्यानलका बीच आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने चुनौती रहेको छ”, सरकारका प्रवक्ता शर्माले भनिन्, “यसका लागि व्यावसायिक सोच र जनशक्ति अधिकतम् सदुपयोग र परिचालन गर्ने तथा व्यापारिक आम्दानीमा पनि अभिवृद्धि गर्दै लैजानुपर्ने भएको छ ।”

आगामी दिनका लागि यस टेलिभिजनले गहिरो अध्ययन गरी आम जनताले महसुस गर्ने खालका योजना तय गरोस् भन्दै उनले त्यसलाई लक्ष्यअनुरुप सम्पन्न गर्न सम्पूर्ण साधन स्रोतको सही ढङ्गले सदुपयोग गर्ने विश्वास व्यक्त गरिन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन, संवैधानिक सर्वोच्चता, विधिको शासन, बहुलता, विविधता र सामाजिक न्यायको स्थापना जस्ता विषयलाई आत्मसाथ गर्दै आगामी दिनमा नेपाल टेलिभिजनले आफ्ना प्रसारणका विषयवस्तु, प्रस्तुति, प्रविधि र पुहँचमा थप विस्तार र सुधार गर्ने विश्वास उनले व्यक्त गरिन् ।

देशको कला, साहित्य, संस्कृति, सामाजिक समावेशीता, विपन्न एवं अल्पसङ्ख्यक लगायत सबै वर्ग र क्षेत्रका आवाजलाई स्थान दिँदै उनले टेलिभिजनले शिक्षा र जनचेतना प्रवाह गरी राज्यबाट भएका सकारात्मक पहललाई नेपाली नागरिक समक्ष पु¥याउने गरेको छ भनिन्। “यतिमात्र होइन प्राकृतिक प्रकोप, महामारी जस्ता विषय, परिस्थिति र उच्च जोखिमका बीचमा पनि आधिकारिक सूचना आफ्ना दर्शकलाई दिइरहेको छ । यसका निमित्त नेपाल टेलिभिजन धन्यवादको पात्र छ”, उनले भनिन् ।

मुलुकको टेलिभिजन तथा प्रसारण पत्रकारितामा नेपाल टेलिभिजनको स्थान विशिष्ट रहँदै आएको जनाउँदै उनले श्रव्यदृश्य प्रसारणको तीन दशक पार गरिसकेको यस टेलिभिजनले यस अवधिमा प्रविधि र प्रसारण क्षमतामा सुधार र विकास गरेको बताइन् । नेपाल टेलिभिजनले राज्यको विश्वसनीय र आधिकारिक सूचना स्रोतका रुपमा रही नेपालको जातीय, भाषिक, सांस्कृतिक र प्राकृतिक विविधताको प्रवद्र्धन एवं राष्ट्र हितको सम्वद्र्धनमा यसले महत्वपूर्ण योगदान गरेको उनको भनाइ छ ।

“देशमा भएका महत्वपूर्ण घटनाहरु, राजनीतिक परिवर्तनलाई संस्थागत गर्न राष्ट्रिय प्रसारकरका रुपमा समेत यसले अहम् भूमिका खेलेको छ”, उनले भनिन्। यसको विकास र क्षमता अभिवृद्धि तथा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासका लागि मन्त्रालय सदैव सकारात्मक रहेको जनाउँदै उहाँले संस्थाको श्रीवृद्धिका लागि सम्पूर्ण कर्मचारी इमान्दार र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् । “सबैको इमान्दार प्रयासले टेलिभिजनलाई अझ उच्च स्थानमा लैजान सफल हुनेछौँ”, मन्त्री शर्माले भनिन् ।

कार्यक्रममा मन्त्री शर्माले वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिइन् । वार्षिकोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । २०४२ साल माघ १७ गतेदेखि नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको थियो ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !