मन्त्री खाँनले भने : खानेपानीलाई आमनागरिकको पहुँचमा पु-याइन्छ

आजभोलि

नवलपरासी । खानेपानीमन्त्री अब्दुल खाँनले स्वच्छ खानेपानीलाई आमनागरिकको सहज पहुँचमा पु¥याउन सरकार लागिपरेको बताए ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्री खाँनले जनतालाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने विश्वास दिलाए ।

कुन–कुन देशमा नेपालले पानी सहजै निर्यात गर्न सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरकै अध्ययन गरिने उल्लेख गर्दै उनले नेपालभित्र पानी नपुगेका जनसङ्ख्यालाई सहजरूपमा पानीको पहुँच पु¥याउन आफू अग्रसर रहने बताए । मन्त्री खाँनले भने,“हामी खानेपानी निर्यात गर्दैछौँ । यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।” उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पु¥याउने भनेकाले आफू त्यसमा लाग्ने बताए ।

विभिन्न जिल्ला भ्रमणमा रहेका मन्त्री खाँनले सरकारले आफ्नो नीति तथा कार्यक्रममै जनतालाई सहजै पानीमा पहुँच पु¥याउने भनेकाले आफू त्यसमा लाग्ने बताए ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !