निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भण्डारी

आजभोलि

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको १३औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रलाई माथि उठाउने गरी आफू गम्भीरताका साथ लागि परेको बताए । नेपालको अर्थतन्त्र यति बेला सङ्कुुचनमा आएको बताउँदै व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले आफ्ना २१ बुँदे कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै उहाँले एक साताभित्र आफ्नो मन्त्रालयले पनि कार्ययोजना निर्माण गर्ने जानकारी दिनुभयो । यसमा उद्योग वाणिज्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए ।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा उद्योगलाई माथि उठाउने गरि बजेट विनियोजनमा जोड दिइने बताए । निजी क्षेत्रको अभिभावक नपाएको गुनासो बढेको भन्दै मन्त्री भण्डारीले ती गुनासोलाई सम्बोधन पहिलो प्राथमिकता रहेको पनि प्रतिबद्धता जनाए । कपिलवस्तु जिल्लामा उद्योगको सङ्ख्या धेरै रहेकाले अहिले जटिल समयमा उद्योगलाई बचाउनुपर्नेमा उनको जोड थियो । धार्मिक तथा पर्यटकीय हिसाबले पनि कपिलवस्तु जिल्ला ऐतिहासिक रहेकाले यहाँ रहेका स्थलमा पर्यटकलाई आकर्षित गराउनुपर्ने उनको भनाइ थिभयो ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, वेशभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो । ‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !