काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । आज प्रथम राष्ट्रपति यादव शिक्षण अस्पताल महाराजगञ्ज पुगी डा. केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका थिए ।
डा. केसीको अवस्था देखेर डा. यादव निकै चिन्तित भएको विशद दाहाले जानकारी दिए । उपचार गर्न नमान्दा डा. केसीको अवस्था चिन्ताजनक हुँदै गइरहेको छ ।
डा. यादवले सरकार केसीका मागप्रति जिम्मेवार हुनु पर्ने र दुबै पक्षको जतिसक्दो चाडो वार्ता हुनु पर्नेमा जोड दिएका थिए ।