वरिष्ठ पत्रकार त्रिपाठीले गरे यस्तो दावी, के रविमा शारीरिक समस्या शुरु भएको हो त ?

आजभोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा एक प्रकारको पागलपन शुरु भएको वरिष्ठ पत्रकार तथा घटना र विचार साप्ताहिक एवम् डट कमका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले बताएका छन् ।

लामिछानेले अचानक र फटाभट भनेझैँ आफूले सोचेबमोजिमको उच्च पद पाएलगत्तै नसोचेको बेला भुईंमा झर्न परेकाले उनको मानस्पटल सन्तुलनमा नरहेको त्रिपाठीले तर्क गरेका छन् ।

उनले ग्लोबल टिभीसँगको कुराकानीमा उक्त धारणा राखेका छन् । पेट भर्नकै निम्ति मुलुकको नागरिकता छाड्ने गलत मानसिकता २५ वर्ष उमेर नाघेको कुनै पनि मानिसमा आउँछ भने उसको मानसिकता र मनोवृत्ति के होला ? भनेर अनुमान लगाउनुपर्ने त्रिपाठीले भनेका छन् । रवि लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको र वर्षौंसम्म अमेरिकामा बसेको सन्दर्भलाई पनि कुराकानीमा सगर्व जोडेका छन् । त्यसैबाट उनी पहिलेदेखि गलत मानसिकता बोकेर हिँडेको अर्थ लगाउन सकिने उनको भनाइ छ ।

नेपाल फर्केपछि पनि उनले गरेका अनेकौं स्टण्ट,पत्रकारिताको आवरणमा गरेको कमाउ धन्दाबारे सर्वसाधारणलाई कुनै जानकारी नभए पनि पत्रकारितामा लागेका सबैलाई रविको उक्त धन्दाको बारेमा पर्याप्त ज्ञान रहेको त्रिपाठी दावी छ । उनले भने, ‘के थियो भन्ने हामीलाई थाहा छ । पैसा कमाउन कसरी लागेका थिए । कसरी ब्ल्याकमेलिङ चल्थ्यो । पत्रकारिता कसरी बदनाम भइरहेको थियो भन्ने कुरो आमसर्वसाधारणलाई थाहा थिएन ।’

उनीहरुलाई रविले राम्रै काम गरेको भान परे पनि प्रवृत्तिको विश्लेषण गर्दा उनको नियत पहिले पनि राम्रो नभएको विश्लेषण त्रिपाठीको छ । अहिलेका घटनाले उक्त प्रवृत्तिलाई उजागर गरिदिएको उनको बुझाइ छ ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !