राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने   

आजभोलि

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ ।

सरकारबाट बाहिरिने विषषमा निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे बस्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रमम र सरकारमा सहभागिताबारे निर्णय लिन बैठक बोलाइएको रास्वपाको स्रोतले बताएको छ ।

बैठकले सरकारबाट बाहिरिने निर्णय लिने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ । रास्वपा सभापति लामिछाने स्वयंले पनि त्यसको संकेत दिएका छन् ।

रविले आज सामाजिक सञ्जालमा स्टाट्स लेख्दै भनेका छन्,“अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन ।,”

मौनता आजसम्मका लागि मात्र भनेर रविले सरकारबाट बाहिरिने संकेत गरेको स्रोतको दाबी छ ।

गृहमन्त्री बन्नका लागि पुनर्बहाली गर्न दबाब दिँदै आएका लामिछाने तत्काल गृहमा फर्किन सम्भव नभएपछि सकारबाट बाहिने तयारीमा लागेका हुन् ।

सरकारमा रास्वपाले ३ मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !