संसद्मा बोलेका कुराको सम्बोधन गर्न सांसदको माग

आजभोलि

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सदनमा उठेका विषय र प्रतिबद्धताप्रति सरकार जवाफदेही बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदनमा बोलका कुराले अर्थ र महत्व राख्छ भन्दै सरकारले यहाँ उठेका विषयलाई सम्बोधन गर्न के कस्ता पाइला चाल्यो भन्ने प्रश्न राखे । उनले भने,“लाखौँ मेट्रिक्टन मल आएको जानकारी दिए पनि किसानले पाइरहेको छैन । कालाबजारी र वितरण प्रणाली सुधारमा के काम भयो ? सदनमा हामी बोलि नै रहेका हुन्छौँ । सदनमा उठेको विषयको जवाफ र कारबाही भए नभएकाबारे जानकारी हुनुपर्छ ।” उनले नागरिकता प्रदान गर्ने प्रतिबद्धताका विषयमा प्रश्न गरे ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सदनमा राष्ट्रिय महत्वका विषयमा आवाज उठाउन सबै सदस्यका लागि निश्चित समय तोक्नुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको विद्युत् सस्तो मूल्यमा भारतलाई बेच्ने र महँगो मूल्यमा विद्युत् खरिद गर्ने परम्पराको अन्त्य गर्नुपर्ने सरकारको ध्यानाकर्षण गरे । उनले सूचना लुकाउनेमाथि कारबाही हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले नेपाली कांग्रेस नेतृत्वको सरकारले नागरिकलाई समयमै कोरोना विरुद्धको खोप लगाएको तथा समयमै निर्वाचन गराएर देशलाई पुरानो लयमा फर्काउन सफल भएको दाबी गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताए । उनले किसानका समस्याप्रति ध्यानाकर्षण गराउँदै कृषिमा बिचौलियालाई नियन्त्रणमा लिन माग गरे । उनले किसानले कृषिजन्य उपजको मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका वीरेन्द्र महतोले किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग गरे । उनले भने,“किसानले आफ्ना कृषि उपज सडकमा फाल्न बाध्य छन् । मल किन्न पाएका छैनन्, यो अवस्थाको अन्त्य हुनुप¥यो ।” उनले नागरिकताको अधिकार कुण्ठित हुन नदिन तत्काल नागरिकता विधेयक पास गर्न माग गरे ।

नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वको आर्थिक विकास उनले भनेजस्तो नभएको दाबी गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरीले वन मन्त्रालयअन्तर्गतको समितिको परियोजनाका कर्मचारीले तलब नपाएको बताए । उनले तराईका विभिन्न स्थानमा सुविधा सम्पन्न सहर बनाउन माग गरे ।

नेकपा(माओवादी केन्द्र)का छिरिङल्हामु लामा (तामाङ)ले फलफूल र जडिबुटी उत्पादनका हिसाबले महत्वपूर्ण रहेको जुम्लामा त्यसको बजार नभएका कारण किसानले भोग्दै आएका समस्या समाधान गर्न माग गरे ।

नेपाली कांग्रेसका पूर्णबहादुर तामाङले रामेछाप जिल्लाको उमाकुण्डमा लागेको डढेलोबाट लोपोउन्मुख वन्यजन्तु प्रभावित भएकाले समयमै डढेलो नियन्त्रण गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका नागिना यादवले रासायनिक मलको बढ्दो मागअनुसार आपूर्ति नहुँदा किसान मर्कामा परेको बताए । अवैध रुपमा भित्रिने मललाई नियन्त्रण गर्न उनले माग गरे ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !