सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने

आजभोलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले रास्वपाको भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताए । सभापति लामिछानेले रास्वपाबाट दाहाल नेतृत्वमा बनेका मन्त्रीहरूबाट पनि आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएको समेत जनाए ।

लामिछानेले जनमतअनुसारको सरकारमा सहभागी भएर समझदारीमा काम अगाडि बढेको बताए । उनले भने, “गृह मन्त्रालयमा बसेर विगतमा हामीले प्रत्येक दिन खटेर १२र१३ वर्ष धाएर पनि काम नबनी बसेको मान्छेलाई १२ मिनेटमा काम सम्पन्न गरेका थियौँ । आगामी दिनमा बोलाए पनि जान्छु । पदको लोभ भएर होइन कामका लागि जान्छु ।”

पूर्वमन्त्री तथा रास्वपाका सभापति लामिछानेले भने, “उपनिर्वाचनबाट निर्वाचित नभई म कहीँ जाँदा पनि जान्नँ । म उपनिर्वाचनमा फेरि जनताको माझमा जान्छु । जनताले जिताएछन् भने म आउँला, जिताएनछन् भने पनि राजनीतिचाहिँ गरिरहन्छु । मलाई कुनै ठाउँमा जानु छैन ।”

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !