राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

आजभोलि

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक बसेको छ । आजको बैठकमा एक वर्षदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । नेत्री अर्यालको विपक्षमा अरुकुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।

राष्ट्रियसभाको आजको बैठकको कार्यसूची अनुसार अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पेश गरेका थिए । त्यसैगरी, नेकपा (एमाले)का देवेन्द्र दाहाल र कलम चुनाव चिन्ह लिएर यस सभाको सदस्य जितेका खिमलाल देवकोटाले समर्थन गरेका थिए ।  उनको बारेमा संक्षिप्त छलफल भएसँगै अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यससँगै अध्यक्ष तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरी अर्याललाई बधाई दिएर २१ मिनेटका लागि बैठक स्थगित गरे ।

को हुन् उपाध्यक्ष अर्याल ? 
पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएकी थिइन् ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !