सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी

आजभोलि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उनले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका हुन् ।

“सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ”, मन्त्री गिरीले भने, “स्वास्थ्य बीमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौँ।” स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था अन्त्य हुने जिकिर गरे । “पालिकास्तरका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिनेछ”, मन्त्री गिरीले भने, “सात वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउँदै छौं । ।”

भाषणमा भन्दा काम गरेरै देखाए जनतामा सरकारप्रति विश्वास बढ्ने हुँदा विगतका कमी/कमजोरीलाई पहिल्याएर ठोस योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उपचार नपाएर मर्नुपर्ने र उपचार गराएर उठिबास हुने वर्तमान अवस्था अन्त्य गर्नु सरकारको दायित्व रहेको बताए ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !