आयल निगमले बढायो पेट्रोलियम पद्धार्थको मूल्य

आजभोलि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमले मूल्य बढाएसँगै पेट्रोल साविकको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब १७८ पुगेको छ भने डिजेल र मट्टितेलको समान मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेकोमा अब १७५ पुगेको छ । निगमले अन्तराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पद्धार्थको मूल्यमा आएको उतार चढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट माघ १८ मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ६१ पैसा बढाएको उल्लेख छ । ग्यासमा भने मूल्य केही घटेको जनाएको छ ।

निगमले एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको जनाएको छ । वृद्धि भएको मूल्य आज राति १२ बजेबाट लागू हूने निगमको विज्ञप्तिमा उल्लेख छ ।

  • २३ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !