नेप्सेमा उच्च अङ्कको वृद्धि

आजभोलि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय ७७ दशमलव ३४ मा पुगको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अङ्कले बढेर चार सय १४ दशमलव ८७ मा पुगेको छ । यस्तै, कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । कारोबार भएका कूल दुई सय १५ कम्पनीको शेयर मूल्यमा बृद्धि हुँदा एउटा मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

विभिन्न कम्पनीका कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता शेयर रू तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार एक सय ८६ पुगेको छ ।

कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर रू १२ करोड ९२ लाख ४२ हजार सात सय २६ मा कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावर रू ११ करोड तीन लाख ७० हजार पाँच सय ४४, अपि पावर कम्पनी रू नौ करोड ३९ लाख ९९ हजार आठ सय ३४ र हिमालयन डिस्टिलरी रू छ करोड ६४ लाख ७२ हजार एक सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रिडी पावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

यस्तै, आइसिएफसी फाइनान्स कम्पनीको ऋणपत्र पाँच दशमलव ९०, एभेष्ट बैंकको ऋणपत्र एक दशमलव ९५,एनआइबिएल प्रगति फण्ड एक दशमलव ६९, नेपाल एसबिआई बैंकको ऋणपत्र एक दशमलव ५८ र लक्ष्मी बैंकको ऋणपत्रको मूल्य एक दशमलव २९ प्रतिशतले घटेको छ ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !