राप्रपाः पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन

आजभोलि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता दिएको हो । पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू रहेको समितिमा विधानबमोजिमका सबै पदेन सदस्यहरूलाई समावेश गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीका वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल सदस्यमा छन् भने आमन्त्रित सदस्यमा कोषाध्यक्ष नीलकण्ठ काफ्ले र नेता ऋषिबाबु परियार छन् ।

पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी बनाएर जनमुखी कार्य सञ्चालन गर्न केन्द्रीय नेतृत्वका साथै पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका नेतालाई समन्वय तथा आवश्यक सुझाव र निर्देशन समितिले दिनेछ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई विधान समितिको संयोजकको जिम्मेवारी दिएको थियो । पार्टीले आगामी फागुनको तेस्रो सातामा केन्द्रीय समितिको बैठक काठमाडौँमा बोलाएको छ ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !