माओवादीको उपाध्यक्षमा अग्नी सापकोटा र पम्फा भुसाल चयन

आजभोलि

काठमाडौं । सभामुख निर्वाचित भएपछि आफू संलग्न दल नेकपा (माओवादी) केन्द्रको सदस्यता त्यागेका नेता अग्नी प्रसाद सापकोटा पार्टीको उपाध्यक्षमा चयन भएका छन् । त्यसका साथै उपमहासचिव पम्फा भुसाल पनि सोही पदमा चयन भएकी छिन् ।

हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा मनोनित गरिएको भएपनि बैठकको निणर्य गोप्य राखिएको थियो ।

यसअघि माओवादीले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो ।

उपमहासचिवमा पम्फासँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत चयन थिए भने पम्फाको भने बढुवा भएको हो ।

यसैगरी सचिवमा गणेश साह, दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल रहेका छन् ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !