एमाले बैठकको निष्कर्ष : गठबन्धन धरापमा छ

आजभोलि

काठमाडौं । सत्ता गठबन्धन संकटमा परेको नेकपा एमाले सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।सता गठबन्धन धरापमा परेपछि त्यसलाई टिकाइराख्ने एमालेले संकल्प गरिरहेको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि पार्टीका एक नेताले गठबन्धन जोगाउन चुनौतीपूर्ण परिस्थिति रहेको बताए ।

उनले भने, ‘जनतामा बढ्न थालेको निराशालगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि यो गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । चुनौती छन् तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौं ।’

उनका अनुसार रास्वपाले सरकार छाडेको विषयमा समीक्षा हुँदै जाने बताए ।

पार्टीको एक स्रोतले भन्यो, ‘हामीले पुस १० गते नयाँ कोर्स निर्माण गर्दाको सहमतिअनुसार रास्वपालाई उसको भागमा परेको जिम्मेवारी दिनुपर्थ्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरूको कुरा हो । उहाँहरूले समर्थन कायमै राख्नुभएको छ । उहाँहरूलाई उपयुक्त वातावरण बनाएर ल्याउने प्रयास जारी छ ।’

जसपा र नागरिक उन्मुक्तिलाई ल्याउन छलफल भइरहेको बताइएको छ । । गठबन्धनमा उत्पन्न भएका समस्याका विषयमा भोलि बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा समीक्षा हुने स्रोतले जानकारी दिएको छ ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !