नेप्सेमा उच्च अङ्कको गिरावट

आजभोलि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ ।

आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ५७ दशमलव १३ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३८ दशमलव ३६ अङ्कले घटेको छ । बैंकिङ समूह २७ दशमलव ९७, विकास बैंक समूह एक सय ४१ दशमलव ५९, वित्त समूह ८४ दशमलव ७० र होटल तथा पर्यटन समूह ९० दशमलव ८७ अङ्कले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह एक सय १० दशमलव ६५, लगानी समूह दुई दशमलव ६३, उत्पादन तथा प्रशोधन समूह दुई सय २० दशमलव ७३ र लघुवित्त समूहको उपसूचक एक सय दुई दशमलव ७३ अङ्कले घटेको छ । आज म्युचुअल फन्ड शून्य दशमलव १२, अन्य समूह ३७ दशमलव १६ र व्यापार समूह ४० दशमलव १६ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा न्यादी ग्रुप पावर लिमिटेडको शेयर छ दशमलव ६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको रू १४ करोड ३७ लाख ६८ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा न्यादी ग्रुप पावर लिमिटेडको तीन लाख ७३ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

 

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !