अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

आजभोलि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता गरेका हुन् । भेटमा दुवै मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे उनीहरुबीच कुराकानी भएको थियो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

सोमबार बिहान काठमाडौँ आइपुगेका क्वात्राले अघिल्लो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीलगायत शीर्ष नेतासँग भेट गरिसकेका छन् ।

दुई दिनका लागि नेपाल भ्रमणमा रहनुभएका सचिव क्वात्रा काठमाडौँ आएलगत्तै दुई देशबीच परराष्ट्र सचिवस्तरीय वार्तासमेत भएको थियो । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ । यसअघि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !