अराजकता नियन्त्रण गर्न माग

आजभोलि

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको र मानिस कुटिएको विषयमा उनले सदनलाई ध्यानाकर्षण गराइन् । सांसद लुतप्रसाद विश्वकर्माले नारायणगढ बुटवल सडकखण्ड निर्माणमा तीव्रता दिन माग गरे । । सांसद नारायणदत्त मिश्रले शहीद दशरथ चन्दको नाममा मेडिकल कलेज स्थापना हुन लागेको खुसी व्यक्त गरे । उनले लघुवित्त र मिटरब्याजीको हैसियत उस्तैउस्तै देखिएको बताए ।

सांसद नारायण दाहालले लघुवित्त र अन्य बैंक तथा वित्तीय संस्थाको ब्याजलाई देखाएर राज्य व्यवस्थामा पथ नै आक्रमण भएको विषयमा सदनको ध्यानाकर्षण गराए । नयाँ बसपार्कमा सोमबार भएको घटनाका बारेमा सत्यतथ्यको जानकारी गराउन माग गरे । भुवनबहादुर सुनार, लाक्पा सोनाम ग्याल्जेन शेर्पालगायतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराए ।

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !