उपप्रधानमन्त्री लिङ्देन र राजदूत भोल्कबीच शिष्टाचार भेटवार्ता

आजभोलि

काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री लिङ्देनले नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतिकसम्बन्ध रहेको चर्चा गर्दे कृषि, जलस्रोत, शिक्षालगायतका क्षेत्रमा सहयोग गरी नेपाली जनताको जीवनस्तर सुधारमा पु¥याएको योगदानका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद दिए ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझादारी भएको स्मरण गर्दै उहाँले कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्ने र चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री लिङ्देनले पचास हजारभन्दा बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन गर्नेलगायतका समस्या समाधानका पक्षमा सकारात्मक भूमिका निर्वाह गर्न राजदूत भोल्कसँग आग्रह गरेका थिए ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूत भोल्कबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटवार्ताका क्रममा अष्ट्रेलियन राजदूत भोल्कले जलस्रोत व्यवस्थापनमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ नमूनायोग्य कार्य हुने उल्लेख गर्दै जल तथा ऊर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच भएको सम्झौता अविष्मरणीय रहेको बताइन् । अष्ट्रेलियन राजदूत भोल्कले नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीयसम्बन्ध आगामी दिनमा अझ सुदृढ र घनिष्ट हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !