गण्डकी प्रदेशसभा : विधेयक पारित

आजभोलि

काठमाडौं । गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

त्यसअघि विधेयकमाथिको दफावार छलफलमा सदस्य भीमबहादुर कार्की, अशोककुमार श्रेष्ठ, सुशीला सिंखडा, विन्दु अधिकारी पहाडी र जीतबहादुर शेरचनले भाग लिएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले ऐनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेकाले विधेयक ल्याइएको बताउँदै प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने बताए ।

यसअघिका प्रदेशसभाका बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले गण्डकी प्रदेशमा शुद्ध खानेपानीको पहुँच घरघरमा पुग्ने गरी काम भइरहेको बताए । प्रदेशभित्रका नदी कटानको समस्या समाधान गर्न लागि मन्त्रालयको ध्यानाकर्षण भएको उनले उल्लेख गरे ।

आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले प्रदेश सरकारको पुँजीगत खर्च सुधारोन्मुख रहेको बताए । विकासका काममा एकमतका साथ अघि बढ्ने उनको भनाइ छ । सभाको अर्को बैठक फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !