जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

आजभोलि

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बतााएका छन् ।

जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा जाने उल्लेख गरे ।

जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उहाँले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए ।

पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उहाँको भनाइ छ । सङ्घीयतालाई मजबुत बनाउन सङ्घीय कानुन आवश्यक रहेको यादवले बताउनुभयो । “प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छैन, प्रहरी प्रशासनबिना सरकार चलाउन कठिन हुन्छ । प्रदेशलाई मजबुत बनाउनुपर्छ”, उनले भने ।

सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता मधेस आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँले सङ्घीयता र गणतन्त्र समाप्त गरेर एकात्मक शासन व्यवस्था लाद्ने प्रयास भइरहेको बतए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)सँग गठबन्धन नभई केही सिटमा तालमेल मात्रै भएको उनले बतए । पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नौ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको उनले स्पष्ट पारे ।

 

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !