काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ६८ पैसा र बिक्री दर १४२ रूपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५९ पैसा र बिक्री दर १६० रूपैयाँ ३२ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ४२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ २१ पैसा र बिक्री दर ९१ रुपैयाँ ६३ पैसा रहेको छ ।