राष्ट्रपतिमा जुटेन सहमति, अब को बन्छ ?

आजभोलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका छन् । यही फागुन १३ गतेका लागि तोकिएको राष्ट्रपतिका उम्मेदवारको मनोनयन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री सचिवाल श्रोतका अनुसार ओलीले प्रचण्डसँग भावी राष्ट्रपतिको बारेमा चासो राखेका थिए । ४० मिनेटसम्म भएको कुराकानीका क्रममा ओलीले पहिलेको सहमति अनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई अगाडि बढाउने बताएपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको दोहोर्‍याएका थिए ।

१३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन् । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।

 

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !