समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो : उपप्रधानमन्त्री पौडेल

आजभोलि

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको बताए ।

उनले विचार, सङ्गठन सुदृढीकरण तथा विस्तारमा पार्टी पुनःगठन गर्ने उद्देश्यसहित ‘मिसन ग्रासरुट’ अभियान अघि बढाएको जानकारी दिए । तत्कालीन पाँचदलीय गठबन्धन सरकार गठन गर्न असफल भएपछि स्वभाविकरूपमा एमालेले पहलकदमी लिएर सत्ता समीकरण निर्माण गरी राष्ट्रिय राजनीतिमा निर्णायक योगदान गरेको उनले बताए ।

वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको उनले उल्लेख गरे । पार्टी चौतर्फी घेराबन्दीका बीच चुनौतीको सामना गर्दै अघि बढिरहेको पनि उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले एमालेबाटै राष्ट्रपतिको उम्मेदवार अघि सारिने बताए ।

एमालेका प्रदेश अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, विन्दा पाण्डे, पोलिटब्यूरो सदस्य गणेश ठगुन्ना, राजेन्द्रसिंह रावल, नारदमुनी राना, निरु पाललगायतकोे सहभागिता रहेको थियो ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !