जुम्लामा बालविवाहमुक्त अभियान

आजभोलि

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले बालविवाहमुक्त अभियान सुरु गरेको छ । सो गाउँपालिकाको वडा नं ६ बाट उक्त अभियान थालनी गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पालिकामा रहेका नौ वडामध्ये वडा नं ६ लाई सबैभन्दा पहिले बालविवाह तथा बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ । यस वडामा घोडे, रिपी र सुडी गाउँ पर्छन् ।

समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उनले बताए ।

बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका न्यूनतम् सूचकको अवस्थाका बारेमा पालिकाभित्र अनुगमन गरिएको छ । किर्डाक जुम्ला र पालिकाको संयुक्त साझेदारीमा यो अभियान सञ्चालन भइरहेको बताइएको छ ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेकाले पालिकाको वडा नं ६ लाई बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको उपाध्यक्ष गोरीकला बुढाले बताए ।

निर्देशिका बमोजिम ५१ सूचकको अवस्थाबारे यहाँका स्थानीयवासी, आमा समुह, बालक्लब, युवाक्लब, राजनीतिक दल र सरोकारवाला व्यक्तिसँग अन्तरक्रिया गरिएको छ । तोकिएका सूचकमध्ये ८० प्रतिशत बढी अङ्क हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । उक्त निर्देशिकाले तय गरेका अधिकांश सूचक पूरा भएका छन् ।

बालविवाहमुक्त वडा निर्माणका लागि वडाले तोकिएका सूचक र मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष जङ्गबहादुर रोकायाले बताउनुभयो । हिउँदे गाउँसभाबाट सो वडालाई बालविवाहमुक्त तथा बालमत्री वडा घोषणा गर्नका लागि रू तीन लाख बजेट विनियोजित गरिएको उनले जानकारी दिए ।

बालविवाहमुक्त अभियान, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गरिएको किर्डाक जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिए ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !