काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई उत्तर कोरियाको भ्रमण स्थगित गरेको छ । यही सेप्टेम्बर ९ तारिकमा उत्तर कोरियाको एक कार्यक्रममा भाग लिने जान लागेका थिए । उनलाई उत्तर कोरियाको सरकारले नै आमन्त्रण गरेको थियो ।
श्रोतका अनुसार उनी लगत्तै भारत भ्रमणको तयारीमा रहेका छन् । पार्टी एकिकरणपछि प्रचण्डले भारत भ्रमणमा गएका छैनन् । उनले भ्रमणमा रहँदा त्यहाँको उच्च तहका नेता तथा सरकारी निकायसँग भेटावार्ता गर्ने जनाइएको छ ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सिंगापुर भ्रमणमा रहेको बेला प्रचण्डको भारत भ्रमणको चर्चा चल्नुलाई सबैले चनाखो तरिकाले हेरेका छन् । प्रचण्डको भ्रमण सत्ता समिकरणसँग पनि जोडिएर हेरिन थालेको छ । पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग त्यति सन्तुष्ट नरहेको उनी निकटा श्रोतले जानकारी दियो ।