काठमाडौं । विप्लव नेतृत्वको नेकपाले प्रदेश नम्बर ६ र ७ मा सैन्य तालिम शुरु गरेको श्रोतले दाबी गरे । पहिलो चरणमा ६ नम्बर प्रदेशका रोल्पा, रुकुम लगायतका जिल्लामा तालिम सुरु गरिएको बताइएको छ । एक जना उच्च नेताले भने, हाम्रो नियमित प्रकृया हो । यो पहिलेदखि चलि आएको थियो । अझ पनि चल्छ । हामी देशैभर यस्तो तालिम शुरु गछौं ।
प्रदेश नम्बर ७ भने तयारी भइरहेको जनाएको छ । सैन्य तालिमका लागि विप्लव माओवादीले चन्दा संकलन कार्य तिब्र पारेको छ । शिक्षक, निजामति कर्मचारी, व्यापारीहरुबाट चन्दा संकलन कार्य जारी राखेको स्थानीय शिक्षकले बताएका छन् । स्थानीयत तहमा फेरी जनमानसमा डर त्रासको बातावरण बन्ने भन्दै गाउँ चिन्तित भएको छन् ।
विप्लबले गरेको कार्यहरु नेपाल प्रहरीले भने सुक्ष्म रुपमा नियाली रहेको प्रहरीले बताएको छ । र, २९ गते गरेको बन्दको क्रममा पनि विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुले पार्टी प्रवक्ता प्रकाण्ड लगायतका नेता तथा कार्यकर्ता तिहाईको माग राखेका छन् ।