काठमाडौं । नेपाल भारतका विधि पक्षहरुको बारेमा अध्ययन गर्न गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी) तयार पारेको रिपोट नेपाल भारतका सारकारले अहिलेसम्म बुझेका छैनन् । अन्तिम रिपोट तयार पारेको डेढ महिना वितिसक्दा पनि दुबै देशका सरकारले समय नदिएको उक्त समूहले बताएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिदेन बुझ्नका लागि समय उलब्ध गराएका छैनन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि समय उपलब्ध गराएका छैनन् । दुबै देशको संयुक्त टोली सामुहिक रुपमा तयार पारेको प्रतिवेदन सरकार समक्ष पेश नहुँदा खारब सन्देश जाने विज्ञहरुको बुझाईरहेको छ । अहिलेसम्म गोप्य राखिएको उक्त प्रतिवेदन दुबै देशको चासो विषय बनेको छ ।
प्रबुद्ध व्यक्ति समूहको सचिवालयले आज एक विज्ञप्ति जारी गरी समूहको काम र प्रतिवेदनबारे नेपाली र भारतीय सञ्चारमाध्यममा विगतमा सम्प्रेषण भएका समाचार, टिप्पणी र सूचना पूर्णतः अनुमानमा आधारित भएका तथा नेपाल–भारत सम्बन्धका विषयमा इतिहासदेखि सार्वजनिक भएका र छलफलमा आएका विषयवस्तु मात्र भएका प्रस्ट गरेको छ ।