काठमाडौं । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो ।
शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदस्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्दारहेछन् र कती मुल्य बढाइँदोरहेछ ।’
अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भइरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो ।
तर उक्त सामानको कुनैपनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो ।
त्यतिबेलासम्म बजारमा ठूलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरू जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरूको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन । आजको नेपाल समाचारपत्रमा खबर छ ।