रौतहट । रौतहटमा अधिकाँश विद्यालय अनुमति विना नै सचालन भएका छन् । निजी विद्यालयलाई स्थानीय तहले अनुगमन नगरेको कारण अनुमति विना नै संचालन हुँदै आएको छ ।
गौर नगरपालिका भित्रमा करिब एक दर्जन निजि विद्यालय अनुमति विना नै सचालन रहेको एक जना निजी विद्यालय संचालनकर्ताले बताए । निजी विद्यालयले प्राथमिक तहको अनुमति भए पनि आधारभुत विद्यालय सम्मको कक्षा संचालन गर्दै आएको छ ।
आधारभूत विद्यालयको अनुमति भएका विद्यालयले माध्यमिक तह सम्म संचालन गर्दै आएको छ । अनुमति नलिएका निजी विद्यालयले किर्ते कागजात बनाई सञ्चालन गर्दै आएको समाचार स्रोतले बताएको छ ।
मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएको विद्यालय कक्षा अपग्रेडका लागि सम्बन्धीत नगरपालिकामा आवेदन दिनु पर्ने प्रावधान रहे पनि जिल्लामा त्यसो हुन सकेको छैन् ।
फर्जी विद्यालय बन्द गर्ने भन्दै गौर नगरपालिकाले केही समय पहिला पत्र नै काटेको थियो ।