महेन्द्रनगर । ७ नम्बर प्रदेश सरकारले महेन्द्रनगर गोलीकाण्डमा घाइते भएका आन्दोलनकारीको उपचार खर्च व्यहोर्ने भएको छ । एक वक्तव्यजारी गरी आन्दोलनमा घाइते भएको सम्पूर्णको खर्च प्रशेश सरकारले व्यहोर्ने भएको छ । आन्दोलन भएको लामो समय वित्दा पनि मौन रहेको प्रदेश सरकारले जनदबाबपछि यो निर्णय गरेको हो ।
उक्त घटनामा एक जना बालकको मृत्यु भइसकेको छ । एक जना काठमाडौं ल्याइएको छ । बाँकीको महेन्द्रनगर तथा धनगढीमा उपचार भइरहेको छ । जारी वक्तव्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्यालले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले महेन्द्रनगर पुगेर छानबिनकार्य सुरु गरिसकेको जानकारी दिए ।
तर प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट अलग्गिएको स्थानीयले आरोप लगाएको छ । कुनै ठास राहत नभएर झारोटाराई गरेको जनाएको छ । प्रदेश सरकारसँग स्थानीय आक्रसित भएको जनाएको छ । धनबढीबाट महेन्द्रनगर लगभग ३० किलोमिटर मात्र छ । प्रदेश सरकारको कुनै प्रतिनिधि नगएको जनाएको छ । किन मुख्यमन्त्री महेन्द्रनगर जान डराए, यो गम्भिर प्रश्न भएको स्थानीयले बताए ।