न्यूयोर्क (अमेरिका) । अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले अनुमति त्यहाँको सरकारबाट अनुमति पाएको छ । ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (इएफसियू) ले सञ्चालन अनुमति दिएको हो ।
बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य राखेको छ । अनुमति पाएसंगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ ।।
उक्त युनियनका संस्थापक सदस्यहरुले तीन वर्षदेखि जटिल कानूनी प्रक्रिया पुरा गरी सञ्चालनको अनुमती पाएका हुन् । आवश्यक कागजात, सर्वेक्षण, ब्यापार योजना, वित्तीय योजना, बजार योजना, संस्था सञ्चालनको बिधान र नीति नियमका विषयमा फेडरल ब्युरो अफ इन्भेटिगेसन ९एफबीआइ० संग बिभिन्न चरणको छलफल पछि क्रेडिट युनियन सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
लाखौं डलर खर्चका साथै स्वयमसेवीहरुको अथक प्रयासपछि नेपाली समुदायले अमेरिकाको क्रेडिट युनियनहरुको सर्वोच्च निकाय संघीय सरकारअन्र्तगत रहेको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन ९एनसीयूए० संग सम्झौतापत्रमा हस्ताक्षर गरी वैधानिकता प्राप्त गरेको हो । यो संस्थालाई प्रारम्भीक रुपमा दर्ता प्रक्रियामा लान गैर आवासीय नेपाली संघ, अमेरिका ९एनआरएनए० ले स्पोन्सर गरेको छ ।
।
संस्थाका अध्यक्ष डिल्लीराज भट्ट, बोर्डमेम्बरहरु अन्जन श्रेष्ठ, राजन कर्माचार्य, बिजय पौडेल, जीबन बम, बिराज रिजाल, रामसी पोख्रेल रहेका छन् । यस्तै अनुगमन समितिमा डा।सुख गुरुङ, डा। केशब पौडेल र क्रेडिट कमिटिमा मोहन गिरी र नबराज केसी रहेका छन् ।
डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्यूयोर्कस्थित व्यापारिक केन्द्र ‘वालस्ट्रिट’ नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । वालस्ट्रिटलाई संसारकै आर्थिक–व्यापारिक केन्द्रका रुपमा चिन्ने गरिन्छ ।
अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ । समुदायको आर्थिक हित र प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।
अमेरिकी सरकारले यस्ता सामुदायिक बंैकहरुलाई कर छुट दिने भएकाले अन्य बैंकका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ । साथै, बचतमा बैंकको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरु नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुनेछन् ।
संस्था सञ्चालनलगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउण्ट, सेभिङ एकाउण्ट, रिटायरमेन्ट एकाउण्ट, विशेष मुनाफा वितरण हुने बिशेष एकाउण्ट, डेबिट कार्ड, सवारीसाधन ऋण, व्यक्तिगत सुरक्षा र असुरक्षा ऋणजस्ता सुविधा पाउनेछन् । साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना ब्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य वैंकिङ सुविधाहरु पनि संचालनमा ल्याउने लक्ष्य राखिएको छ । क्रेडिट युनियनको सदस्यहरुले मात्र यी सबै सुविधा प्राप्त गर्नेछन् ।
अमेरिकाभर बसोवास गर्ने नेपाली समुदायभित्रका सबैलाई संस्थामा सदस्य र बचतकर्ता बनाएर सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ । त्यसअनुसार सबै राज्यमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार बचतकर्ता संख्या पु¥याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको संचालकले बताएका छन् ।
हालसम्म क्रेडिट युनियनले न्यूयोर्क, ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट दर्ता प्रक्रियाको काम गर्दै आएको छ । न्यूयोर्कबाट पहिलो बैंकिङ कारोबार शुरु गर्ने क्रेडिट युनियनले नेपालीभाषीको घनाबस्ती रहेको राज्यहरु टेक्सास, क्यालिफोर्निया, डिसी भर्जिनिया, मेरिल्याण्ड, म्यासच्युसेट, प्mलोरिडा, जोर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागो लगायतका राज्यमा शाखा विस्तार गर्ने जनाएको छ ।
संस्थाले नया“ सदस्यका लागि आवेदन समेत खुल्ला गरेको छ । आफ्नै क्रेडिट युनियन भएपछि अमेरिकाभरि बसोवास गर्ने नेपालीभाषीहरुलाई अब आर्थिक कारोबार गर्न सहज हुने संचालकको अपेक्षा छ । आफ्नै भाषामा पनि कुराकानी गरेर बचत एवम् कर्जा लिने अवसर यह“ा रहेका नेपालीहरुले प्राप्त गर्नेछन् ।
संस्थामा अध्यक्ष सहित ७ जना बोर्डअफ डाइरेक्टर, ३ जना सुपरभाइजर कमिटी र ३ जना क्रेडिट कमिटी सदस्यहरुलाई प्रारम्भिक चरणको बोर्डमा नियुक्त गरेको छ । रिक्त रहेका ७० प्रतिशत बोर्डलगायत अरु कमिटीमा उपयुक्त व्यक्तिहरुलाई नियुक्ती गर्ने प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । यसरी नियुक्त भएका पदाधिकारीको पदावधि नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनले तीन वर्षका लागि बोर्डमा नियुक्त गर्ने छ ।
अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैंकका रुपमा हेर्ने गरिन्छ । अमेरिकामा क्रेडिट युनियनले बैंकसरह बचत र ऋण प्रवाह गर्न पाउ“छन् । प्रत्येक बचतकर्ताको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआईसी) ले जस्तै एनसीयूएले हरेक खाताको बीमा गरेको हुन्छ ।