काठमाडौं । राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका सभापतिले सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना समक्ष सपथ ग्रहण गरेका छन् ।
सपथ गर्नेहरुमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी रहेका छन् ।
सबै नेकपाका सांसदहरु रहेका छन् । नेपाली कांग्रसले भने नाम नदिएपछि सपथ हुन नसकेको जनाइएको छ ।