मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

आजभोलि

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ । यस आईपीओ लैनचौर ब्यांक्वेटमा बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँट गोलाप्रथाद्वारा भएको हो । यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।

यो आईपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी गराएको छ । कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गरेको हो ।

रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेन्छियाम हाइड्रोपावरको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।

  • १३ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !