काठमाडौं : काठमाडौं घोषणपत्र जारी गर्दै बिम्स्टेक चौथो सम्मेलन समापन भएको छ । बिहीबारबाट काठमाडौंमा सुरु भएको चौथो बिम्स्टेक सम्मेलन शुक्रबार समापन भएको हो । सम्मेलनमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग निर्माण सम्बन्धी एकमात्र समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी ओलीले बिम्स्टेक अध्यक्ष राष्ट्रको जिम्मेवारी श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई सुम्पिएका छन् । १ बजे पत्रकार सम्मेलन गरी सम्मेलन समापनको औपचारिक जानकारी गराउने कार्यक्रम रहेको छ । बिम्स्टेकमा सहभागी हुन आएका भुटान र श्रीलंका बाहेक, अन्य चार राष्ट्रका राष्ट्र प्रमुख आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।