काठमाडौ । नेपालका मेडिकल डाक्टरहरुले आफ्नो लाइसेन्स मेडिकल काउन्सिललाई बुझाउने भएको छन् । नेपाल चिकित्सक संघले भोलि नै लाइसेन्स बुझाउने भएको छ । देशभरीका लाइ यही भदौ १५ भित्र बुझाई सक्ने भनेर निर्देशन जारी भएको छ ।
नेपाल सरकारले १ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि देशभर बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ । नयाँ कानुनमा डाक्टरले उपचार गर्दा विरामीको मृत्यु भएमा जारीवाना तथा साजयको व्यवस्था गरेको छ । यही विषयलाई लिएर डाक्टरहरु आन्दोलनमा रहेका छन् ।
यसअघि नेपाल सरकारले दिएको आश्वासन पूरा नभएको भन्दै उनीहरुले लाइसेन्स फिर्ता गर्न लागेको बताए । सरकार फोजदारी संहितामा संशोधन गर्ने बताएको थियो । तर अहिलेसम्म कुनै प्रकृया अघि बढेका छैन् ।
बिहीबारबाट भने आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने संघले जनाएको छ । लाइसेन्स फिर्ता दिए पनि उपचारमा भने लाग्ने बताए ।