आज वैशाख १८ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २५ पैसा र बिक्री दर १६५ रुपैयाँ ०१ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।