राष्ट्रपति रनिङ शिल्डमा कर्णालीलाई स्वर्ण पदक

आजभोलि

कर्णाली । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।

कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

उनले सात दिनसम्म बन्द शिक्षणमा खेलाडीलाई राखेपछि अपेक्षाअनुरुपको सफलता हासिल भएको बताए ।

काठमाडौंस्थित दशरथ रङ्गशालाको कर्बड हलमा आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले आइतबार भलिबल खेल प्रतियोगितामा जित हात पारेको हो ।

छात्रतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णालीले जित हात पारेको हो । कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो ।

वेस्ट अफ फाइभ (फाइनल)मा खेलाइएको उक्त खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो । यसैगरी चौथो सेट जित्न सफल कर्णालीले फाइनल सेट पनि आफैँले जितेको थियो ।

त्यस्तै, एथ्लेटिक्सअन्तरगत चार सय र आठ सय मिटर दौड प्रतियोगितामा सरिता खड्का प्रथम, सटफुटमा धीरेन्द्र विक प्रथम, आठ सय मिटर दौडमा प्रकाश बुढा द्वितीय, एक मिटरमा सुशील आले तेस्रो, कराँते कातामा लक्ष्मकुमार शाही र प्रियङ्का शाही तेस्रो, तेक्वान्दो ४५ केजीमा निशान प्याकुरेल र छात्रा तीन हजार मिटर दौड प्रतियोगितामा उर्मिला खनाल तेस्रो र छात्रतर्फ अजय विकले दोस्रो स्थान हात पारेको परिषद्ले जनाएको छ ।

 कृषि नीति बनाउन छलफल

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सम्पादकबीच कृषि नीतिका विषयमा छलफल भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/०८१ को कृषि नीति तथा कार्यक्रम निर्माणका लागि आवश्यक सुझाव सङ्कलन गर्न मन्त्रालय र सम्पादकबीच छलफल भएको हो ।

छलफलमा बाँझो जमीन उपयोग, इजाजतको व्यवस्था, तथ्याङ्कको उपलब्धता, किसानको उत्पादनलाई बजारीकरण गर्ने नीति निर्माण गर्न सुझाइएको छ । उक्त छलफलमा विगतमा असफल भएका योजनाबाट पाठ सिकेर आगामी नीतिमा परिमार्जन गरी अगाडि बढ्न, मझौला खाका कार्यक्रम बनाउन, गुठी, हदबन्दीको समस्या समाधान गर्ने र विज्ञसहितको कृषि सेवा दिने नीति ल्याउन आग्रह गरिएको छ ।

त्यसैगरी, सहकारीमा देखिएका समस्या सम्बोधन गर्ने र विशेष गरी किसानसँग पुग्ने गरी नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिएको छ । छलफलको क्रममा मन्त्रालयका योजना महाशाखाका प्रमुख राजु भुजले सरोकारवालाको सुझाव सङ्कलन गरेर आगामी आवको नीति तथा कार्यक्रम ल्यााइने जनाउनुभयो । पाँच सय हेक्टर जमीन कर्णालीमा सिँचाइयोग्य रहेको जनाउँदै उनले लिजमा जग्गा लिएर व्यवसाय गरेका व्यवसायीको जग्गा भाडामा ५० प्रतिशत अनुदान दिएको बताए  ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा उत्पादित कृषि वस्तुभन्दा भारतबाट आउने तरकारीजन्य वस्तुको प्रतिस्थापन गर्न स्थानीय उत्पादन तथा बजारीकरणमा जोड दिने नीति ल्याइने बताए । पत्रकार तथा सञ्चारकर्मीबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्दै मन्त्री शर्माले जग्गा भाडामा दिएर जमिन उपयोग गर्ने नीतिमा पनि जोड दिने जनाए ।

खसीबोका र दूधमा कर्णाली आत्मनिर्भर रहेको बताएका उनले कर्णालीमा आयात हुने कृषिजन्य वस्तुको तथ्याङ्क सङ्कलनका लागि सल्यानको कपुरकोट र सुर्खेतको बबईमा तथ्याङ्क सङ्कलन केन्द्र स्थापना गरिने जनाए । उनका अनुसार कर्णाली सरकारको अर्गानिक प्रदेश निर्माणको अभियानलाई अपेक्षित लक्ष्यमा पु¥याउन कृषि क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।

  • १८ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !