काठमाडौं । सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा आरजु राणा देउवाले बुढानिलकण्ठमा धार्मिक रितीरिवाज तथा परम्परा अनुसार मनाए । पञ्चमीमा बिरुणा भिजाउनेदेखि अष्टमीसम्म पाठपूजा गर्दे गौरा पर्व मनाएको बुढानिलकष्ठ श्रोतले जनाएको छ । सप्तमीमा भित्र्याएको गौरादेबी अष्टमीमा पाठपूजा गरी समापन गरेको जनाइएको छ ।
तीनै उनले आफ्ना सपरिवारसँग गौरा पर्व मनाएकी छिन् । साथै, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा पनि गौरामाताको पूजाअर्चनामा आरजुसँगै सहभागी भएका थिए ।
आरजुले गौरा पर्व परिवारसँगै नेपाली कांग्रेसका नेतृ तथा सांसदलाई बोलाएर गौरामाताको प्रसाद बिरुणा चखाउँदै मनाएको श्रोतले जानकारी दियो । साथै उनले डउणा खेल पनि खेले ।
यसरी तीन लगातार बुढानिलकण्ठमा भव्यताका साथ गौरा पर्व मनाए । आफन्त तथा पार्टीका महिलाहरुसँग रमाइलो गरी गौरामतालाई बिदा गरे । र, छमछमी डेउणा पनि नाचे ।
गौराको अवसरमा सभापति देउवाले शुभकामना सन्देश दिए । सोमबार टुडिखेलमा आयोजित गौरा पर्वमा सहभागी हुँदै डेउणा समेत खेले । यसरी गौरा राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ ।