काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कार तथा हत्याको दोषी पत्ता लगाएर कारबाहीको माग राखी शनिबार काठमाडौंमा बृहत र्यालीको आयोजना गरिएको थियो । माइतीघर मण्डलाबाट शुरु भएको र्याली बानेश्वरमा गएर टुंगिएको थियो । र्यालीमा नगारिक समाज, कलाकार, राजनीतिज्ञ, लेखक, पत्रकार लगायतको ठूलो उपस्थिति रहेको थियो । र्याली स्वतन्त्र नागरिक अगुवाको पहलमा आयोजना गरिएको थियो ।