काठमाडौं । गृह मन्त्रालयले निर्मला पन्तको बलत्कार तथा हत्या घटना छानविनमा संलग्न प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सहित ५ जना प्रहरी निलम्बित गरेको छ । उच्च स्तरीय छानविन समितिले प्रतिवेदन बुझाएसँगै छानविनमा संलग्न प्रहरी अधिकृतलाई निलम्वित गरेको छ । एसएसपी विष्टको कार्यशौलीमाथि प्रारम्भदेखि नै आशंका गरिदै आएको थियो ।
निलम्बनमा पर्नेहरुमा एसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले प्रतिवेदनका आधारमा जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याउने जनाएको छ ।
शनिवार देशभरी निर्माला पन्तको बलतकारी तथा हत्यारा पत्ता लगाई कारबाहीको माग राखी प्रर्दशन भएको थियो । प्रतिवेदन कार्यान्वयन हुनेमा भने आशंका उब्जिएको छ ।