काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्ड शनिवार चीनको भ्रमणमा गएका छन् । उनी एक हप्ता पहिले भारतको भ्रमणमा गएका थिए । प्रचण्डको चीन भ्रमणलाई नेपाली राजनीतिमा निकै चासोको साथ हेरिएको छ ।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताउनुभयो ।
उनले भने, म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पु¥याइन्छ । दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पु¥याइन्छ । कुनै दुविधा रहँदैन ।
चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।
File Photo