काठमाडौं । सुजाताको निवासमा रामचन्द्र पौडेल समुहका शिर्ष नेताहरुको बैठक बुेको छ । । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पौडेल समुहका नेताहरु आफ्नै निवासमा लञ्च सहितको बैठक गराएकी छन् बैठकमा पार्टी सभापति देउवा बिरुद्ध एक भएर लड्न सहमति भएको भएको श्रोतले जनाएको छ । सभापति देउवाले मनोमानी ढंगले चलाएको आरोप समेत लगाएको उच्च श्रोतले जनाएको छ ।
लञ्च सहितको बैठकमा पौडेल समुहमा रहेका नेताहरु पौडेल सहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह ,अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत र डा शेखर कोइराला केन्द्रीय सदस्य गुरुराज घिमिरे सहभागि थिए ।
पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समुहका नेताहरुलाई पेलेर एकलौटी ढंगले अगाडि बढ्ने संकेत गरेपछि सभापति भन्दा इतर समुहका नेताहरु एकत्रित भएर बैठक भएको छ ।
तर देउवा भने आफू बलियो हुने गरी पार्टी भित्र मनोनित गर्ने तथा निर्णयहरु गर्दै आइरहेका छन् । यसले पार्टी भित्रको ध्रुविकरणलाई आगमी दिनमा झन बढ्ने देखिन्छ ।