काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ८ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ४ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २७ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१पैसा र बिक्री दर ३६ रुपैयाँ ७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।